कारोबार


फोरचुन ग्लोबल वरियतामा ह्वावे ४९औँ स्थानमा

फोरचुन ग्लोबल वरियतामा ह्वावे ४९औँ स्थानमा

नेपालखबर
साउन २८, २०७७ बुधबार १२:२२,

ह्वावेले २०२० को फोरचुन ग्लोबल ५०० सूचीमा ४९ औं स्थान हासिल गरेको छ। इतिहासमा पहिलो पटक टेलिकम्युनिकेसन जायन्टले शीर्ष ५० भित्र स्थान प्राप्त गरेर लगातार ट्रयाक रेकर्ड जारी राखेको छ।

‘२०१९ मा ह्वावेको कुल नाफा ५.६५ ले बढेको र कम्पनीको लगातार भूराजनीतिक समस्याको बाबजुद पनि २०२० को पहिला छ महिनामा राजस्व १३.१ ५ को दरले बढेको छ’, फोरचुन रिपोर्टले बतायो।

फोरचुन ५०० सूची कम्पनीहरूको राजस्व र नाफामा आधारित छ, जुन कम्पनीहरूको तुलनात्मक आकारमा केन्द्रित रहेर बन्दछ। फोरचुन ५०० रैंकिंग प्रख्यात कम्पनीहरूले प्रयोग गर्ने एक महत्वपूर्ण सूचक बन्न पुगेको छ जुन उनीहरुले आफ्नै बल, आकार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मापन गर्न प्रयोग गर्दछन्, यो यस्तो विश्वव्यापी अर्थतन्त्रको एक मापदण्ड हो जसले सीमा, राष्ट्रियता र सांस्कृतिक मतभेदहरू पार गर्दछ।

यस वर्षको सुरूवातमा ह्वावेले २०२० को बोस्टन कन्सल्टिङ्ग ग्रुपको ५० सबैभन्दा इनोभेटिभ कम्पनीहरूको सूचीमा छैटौं स्थान ओगटी गत वर्षको तुलनामा ४२ स्थान माथि सरेको होे जुन २०१२ मा पहिलो पटक सूचीमा परेदेखि टेक जायन्टका लागि सब भन्दा उच्च श्रेणीको हो।

कोभिड–१९ बिरूद्ध विश्वव्यापी लडाईमा ह्वावेले आफ्नो इनोभेसन प्रयास दोब्बर गर्‍यो र महामारीको बिरूद्ध लड्न सहयोग गर्न एन्टि–कोभिड–१९ पार्टनर कार्यक्रम शुरू गर्‍यो जुन एआई, रिमोट अफिस, स्मार्ट हेल्थकेयर र अनलाइन शिक्षामा केन्द्रित छ।

‘जटिल बाह्य वातावरणले ग्लोबल भ्यालु चेनमा खुला सहयोग र विश्वासलाई बढी महत्वपूर्ण बनाउँदछ। ह्वावेले ग्राहक र आपूर्तिकर्ताहरुप्रति आफ्नो दायित्वलाई निरन्तरता दिने र विश्वव्यापी डिजिटल अर्थव्यवस्था र प्राविधिक विकासमा रहिरने, अगाडि बढ्ने र योगदान पुर्‍याउने बाचा गरेको छ’ जुलाईमा २०२० एच१ व्यापार परिणाम घोषणाको दौरान ह्वावेले भन्यो।

१९८७ मा स्थापना भएको हुवावे सूचना र सञ्चार टेक्नोलोजी (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी ग्लोबल प्रदायक हो।

ह्वावे नेपाल २१ वर्षदेखि नेपाल आईसीटी उद्योगमा सेवा गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad