यामाहाले आफ्ना पाँच मोडलका मोटरसाइकलको मूल्य बढाएको छ।
यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले बाइक र स्कुटर दुवैमा मूल्य बढाएको हो।
कम्पनीले युवाहरुमाझ लोकप्रिय एफजेडएस भी ३, आर१५भी३, एमटी १५, एसजेट आरआर र फेसिनो १२५ को मूल्यमा वृद्धि गरेको छ।
कम्पनीका दुई मोडल आर१५भी३ र एमटी १५ को मूल्यमा ५ हजारले वृद्धि गरिएको छ। यसअघि आर१५भी३को मूल्य ४ लाख ६४ हजार रुपैयाँ रहेकोमा नयाँ मूल्य ४ लाख ६९ हजार नौ सय रुपैयाँ भएको छ भने एमटी–१५ को चार लाख २९ हजार नौ सय रुपैयाँ रहेको अब चार लाख ३४ हजार नौ सय रुपैयाँ भएको छ।
यामाहाले एफजेटएस भी३ को मूल्यमा समेत चार हजार रुपैयाँ बढाएको छ। कम्पनीले यसअघि तीन लाख १९ हजार नौ सय रुपैयाँमा बिक्री गर्दै आएकोमा अब तीन लाख २३ हजार नौ सय रुपैयाँ तय गरेको छ।
दुई लाख ३७ हजार नौ सय रुपैयाँमा बिक्री हुँदै आएको एसजेट आरआर मोडलमा २ हजार मूल्य बढाएको छ।
त्यस्तै फेसिनो १२५ स्कुटरको मूल्यमा पनि २ हजार बढेको छ। अब यसको मूल्य परिमार्जन गरेर २ लाख ४९ हजार नौ सय तय गरिएको छ।
अन्य कुन मोडलको मूल्य कति?
एफजेट २५: ४ लाख ३४ हजार ९सय रूपैयाँ
एफजेट एस भी २: २ लाख ९९ हजार ९ सय रूपैयाँ
एफजेट भी २: २ लाख ७९ हजार ९ सय रूपैयाँ
फेजर २५: ४ लाख १४ हजार ९ सय रूपैयाँ
एक्सटीजेट: ३ लाख ९९ हजार ९ सय रूपैयाँ
एनम्यक्स १५५: ४ लाख ५९ हजार ९ सय रूपैयाँ
रे जेटआर : २ लाख २० हजार ९ सय रूपैयाँ
रे जेट : १ लाख ९५ हजार ९ सय रूपैयाँ

प्रतिक्रिया