कारोबार


लगानी बोर्डमा सीईओ नियुक्ति : अदालतले भन्यो तत्काल काम नगराउनू

लगानी बोर्डमा सीईओ नियुक्ति : अदालतले भन्यो तत्काल काम नगराउनू

नेपालखबर
साउन २७, २०७७ मंगलबार १०:३२,

लगानी बोर्ड नेपालमा गरिएको सुशील भट्टको नियुक्तिबिरुद्ध परेको रिटमा उच्च अदालत पाटनले मंगलबार अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ।

उच्च अदालतका मुख्य न्यायाधिश नहकुल सुवेदीको एकल इजलाशले सो आदेश दिएको हो।

‘साउन ३२ गतेका लागि थप छलफलका लागि बोलाइएको छ, त्यो मितिसम्म सरकारको निर्णय कार्यान्वयन नगराउनु, अहिले जे जुन अवस्थामा छ, त्यहि अवस्थामा राख्नु र सीईओको हैसियतमा केहि कार्यान्वयन नगराउनु भनी अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ,’ उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले नेपालखबरलाई बताए।

साउन ३२ गते दुई जना एमिकस क्युरीकाे रुपमा विज्ञ पठाउन भनी उच्च अदालत बारलाई लेखि पठाउन निर्णय भएको छ।

सरकारले गत साता लगानी बोर्डको सीईओमा सुशील भट्टलाई नियुक्त गरेको थियो।

भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरी उच्च अदालत पाटनमा रिट दायर भएको थियो।

सरकारको नियुक्तिलाई चुनौति दिँदै अधिवक्ता जयबहादुर भुजेलले आइतबार रिट दायर गरेका हुन्।

उनले दायर गरेको रिटमा सो पदका लागि भट्टको योग्यता नपुगेको दाबी गर्दैै कार्यक्षमताको विषयमा पनि प्रश्न उठाइएको छ।

याे पनि: 
लगानी बोर्ड सीईओमा सुशील भट्टकाे नियुक्तिविरुद्ध दायर भयो रिट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad