सौर्य एयरलाइन्सको नयाँ जहाज काठमाडौं आइपुगेको छ। कम्पनीले बम्बार्डियर कम्पनीको एउटा सीआरजे २०० जहाज थप गरेको हो।
सौर्यले ल्याएको जहाज ५० सिट क्षमताको जहाज हो। कम्पनीसँग यस्तै दुई जहाज रहेका थिए।
‘बम्बार्डियर सीआरजे २०० जहाज सोमबार काठमाडौंमा आइपुगेको छ’, कम्पनीका म्यानेजिङ डाइरेक्टर गोपाल भट्टराईले भने, ‘सौर्यले यसअघि उडान गरिरहेको ट्रक रुटमै जहाज चल्छ।’
उनका अनुसार कम्पनीले करिब ५० करोड रुपैयाँमा यो जहाज खरिद गरेको हो। सौर्यले एटीआर ७२ जहाज ल्याउने योजना समेत भएको जानकारी दिएको छ।
3
Shares

प्रतिक्रिया