कारोबार


आर्थिक पत्रकार संघको प्रदेश कमिटी गठन

आर्थिक पत्रकार संघको प्रदेश कमिटी गठन

नेपालखबर
साउन ३, २०७६ शुक्रबार १२:३०,

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को ३ नम्बर प्रदेश कमिटी गठन गरिएको छ। आर्थिक पत्रकारहरुको संस्था नाफिजको शुक्रबार भएको प्रदेश स्तरीय भेलाले नवीन ढुंगानाको अध्यक्षतामा ३ नम्बर प्रदेश कमिटी गठन गरेको हो।

अध्यक्षमा निर्वाचित ढुंगाना अनलाइन खबरमा कार्यरत आर्थिक पत्रकार हुन्। संघको उपाध्यक्षमा सेतोपाटी डटकमका सुधीर भण्डारी र मेरो लगानी डटकमका सुधा देवकोटा निर्वाचित भएका छन्। यसैगरी संघको सचिवमा मेरो लगानी डटकमका तिर्थराज पौड्याल, सहसचिवमा युवराज बस्नेत र भूमिका बस्नेत निर्वाचित भएका छन् भने संघको कोषाध्यक्ष राजधानी दैनिककी पुजा चँदरा र सहकोषाध्यक्षमा विकासन्यूज डटकमका राजाराम न्यौपाने निर्वाचित भएका छन्।

संघको सदस्यहरुमा विजमाण्डू डटकमा खेमराज श्रेष्ठ (अमिर), बैंकिङ खबर डटकमकी दीलु कार्की, बाह्रखरी डटकमका सुरञ्जन घिमिरे, विजपाटी डटकमका शिव धिताल, नेपाल समाचारपत्रका भोला देवकोटा, याहो टेलिभिजनका दीपेश घिमिरे, मेरो लगानी डटकमका अरुण पाख्रिन, अर्थडबलीकी सीता श्रेष्ठ र अर्थसंसार डटकमकी कमला भुसाल चयन भएका छन् । भेलाले चार सदस्यीय सल्लाहकार समिति गठन समेत गरेको छ । सल्लाहकारहरुमा भक्तराज रसाईली, निकेश खत्री, चमन कोइराला र बलराम बुढाथोकी चयन भएका हुन् ।

सल्लाहकार समितिको संयोजक भने प्रदेश कमिटिको पहिलो बैठकले तोक्ने नवनिर्वाचित अध्यक्ष ढुंगानाले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad