समाज


जापान लैजाँदै गरेकाे साढे चार किलो आइस ड्रग्स बरामद, पोर्चुगिज पक्राउ

जापान लैजाँदै गरेकाे साढे चार किलो आइस ड्रग्स बरामद, पोर्चुगिज पक्राउ

दीपक खरेल
साउन ३, २०७६ शुक्रबार १२:१५,

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ४ किलो आइस ड्रग्ससहित एक पोर्चुगिज नागरिकलाई पक्राउ गरेको छ। नेपालबाट  दिल्लीहुँदै जापान  हिँडेका उनलाई प्रहरीले विमानस्थलकाे चेकजाँच कक्षबाट नियन्त्रणमा लिएकाे हाे। 

शुक्रबार दिउँसो साढे १ बजे इन्डियन एयरबाट दिल्ली हुँदै जापान जान लागेका पोर्चुगिज नागरिक राहदानी नं ७२०१२९२ बाहक २५ वर्षीय मेन्डिज पेरिरा टिआगोलाई प्रहरीले पक्राउ गरेको हो। उनका साथबाट प्रहरीले ४ किलाे ३८० ग्राम आइस ड्रग्स बरामद गरेकाे हाे।

ती पोचुगिजले  माेबाइल, पर्स र माेबाइल कभरका  बट्टामा फल्स बटन बनाई सो परिणामको आइस एम्फेटामाइन नामक  ड्रग्स लैजान लागेको अवस्थामा होल्ड ब्यागेज चेकिङ एक्सरेमा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको हो।

पछिल्लाे समय प्रहरीले नेपालमै आइस ड्रग्स बनाउन माफिया समूह सक्रिय रहेकाे भन्दै अनुसन्धान गरिररहेकाे छ। अन्तर्राष्ट्रिय बजारमा कराेडाैं मूल्य पर्ने ड्रग्स मेन्डिजले कहाँबाट ल्याए र उनलाइ कसले दियाे भन्ने विषयमा केन्द्रित रहेर अनुसन्धान भइरहेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .