कारोबार


वैदेशिक राेजगारी: संख्या घट्याे, रेमिट्यान्स बढ्याे

वैदेशिक राेजगारी: संख्या घट्याे, रेमिट्यान्स बढ्याे

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ९:४६,

गत आर्थिक वर्ष २०७५।७६को ११ महिनामा ८ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले तयार गरेको प्रतिवेदनमा जेठ मसान्त सम्ममा १७.५ प्रतिशतले वृद्धि भई ७ खर्ब ९९ अर्ब २ करोड रेमिट्यान्स भित्रिएको देखाएको हो। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा व्यक्त गर्दा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति १६.६ प्रतिशतले वृद्धि भई ९ खर्ब ५ अर्ब १४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ०.१ प्रतिशतले बढेको थियो। अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३७.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो।

त्यसैगरी नेपालमा भित्रिने र बाहिरेने रकमको अवस्था अर्थात शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको छ। नेपाल राष्ट्र बैंक्ले भनेको छ,‘अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ अर्ब ३४ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनामा ४ करोड ९९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ८० करोड ३१ लाखले घाटामा रहेको हो।’ ११ महिना अवधीमा पुँजीगत ट्रान्सफर १३ अर्ब ८८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ८१ करोड रुपैंया रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १५ अर्ब २ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी१५ अर्ब ८८ करोड रहेको थियो। विदेशी विनिमयको सञ्चितिको अवस्था विदेशी विनिमय सञ्चिति कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा १० खर्ब३० अर्ब ८८ करोड रहेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ जेठ मसान्तमा ९ अर्ब २५ करोड रहेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा २०७६ जेठ मसान्तमा ८ खर्ब ८५ अर्ब ८३ करोड रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा १ खर्ब ४५ अर्ब ५ करोड पुगेको छ। २०७६ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जानाकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad