कारोबार


टेलिकमको फोरजी विस्तारमा ढिलाइबारे ७ दिनभित्र कारण बुझाउन सरकारलाई निर्देशन

टेलिकमको फोरजी विस्तारमा ढिलाइबारे ७ दिनभित्र कारण बुझाउन सरकारलाई निर्देशन

नेपालखबर
साउन १६, २०७७ शुक्रबार ११:३४,

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्नुको कारण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

नेपाल टेलिकमको सेवा प्रभावकारिता सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्न हुन नसक्नुको कारण सात दिनभित्र समितिमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।

समितिका सभापति कल्याणी कुमारी खड्काले बैठकका निर्णय सुनाउँदै टेलिकमले फोरजी सेवा विस्तारमा भएको ढिलाइएको कारण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन्। टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले गुणस्तरीय र नागरिकले अपेक्षा गरेअनुरुप सेवा विस्तार गर्नका लागि कार्ययोजना तयार गरी ३० दिनभित्र समितिमा पेश गर्न समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।

नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउन अगाडि बढाइएको प्रक्रियाको सन्दर्भमा कस्तो मोडालिटिमा काम भइरहेको छ भन्ने सम्बन्धमा स्पस्ट नीतिगत व्यवस्था गरी सोको जानकारी गराउन समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिले नेपाल दुरसञ्चारसँग आवद्ध नेपाल टेलिकम र अन्य निजी सेवा प्रदायक संस्थाहरुबाट गत आर्थिक वर्षमा ग्राहकलाई वितरण गरेको सिमकार्डको विवरण सात दिनभित्र उपलब्ध गराउन समेत मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। त्यस्तै नेपालभित्र सञ्चालित दुरसञ्चार संस्थाहरुको आर्थिक अवस्थाको विवरण समेत माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad