कारोबार


कोरोना महामारीले घटायो नेपालको वैदेशिक व्यापार, गत आवमा ११ खर्बको व्यापारघाटा

कोरोना महामारीले घटायो नेपालको वैदेशिक व्यापार, गत आवमा ११ खर्बको व्यापारघाटा

नेपालखबर
साउन ११, २०७७ आइतबार १२:१८,

आर्थिक वर्ष २०७६/०७७ मा नेपालको वैदेशिक व्यापार घटेको छ।

विश्वभर चलेको कोरोना महामारीको लहरसँगै गरिएको लकडाउन र यात्रा प्रतिबन्धले आयात र निर्यात कम भएसँगै गत आवमा १४.६९ प्रतिशतले नेपालको वैदेशिक व्यापार घटेको देखिएको हो।

भन्सार विभागको बाह्रै महिनाको तथ्यांकअनुसार गत आवमा साढे १५ प्रतिशतले आयात घटेको छ। तथ्यांकअनुसार उक्त अवधिमा ११ खर्ब ९६ अर्बको आयात भएको छ। अघिल्लो आव अर्थात् २०७५÷०७६ मा १४ खर्ब १८ अर्बको आयात भएको थियो।

गत आर्थिक वर्षको सुरुमा निर्यातमा बढे पनि अन्तिमतिर कोरोना महामारीको असर देखिएको हो। सुरुतिर १८ प्रतिशतसम्म बढे पनि अन्तिमतिर करिब १ प्रतिशतले निर्यात घटेको तथ्यांकले देखाएको छ। आव २०७५÷०७६ मा ९७ अर्ब १० करोड रुपैयाँबराबरको सामग्री निर्यात भएकोमा ०७६÷०७७ मा ९६ अर्ब १५ करोड बराबरको मात्रै निर्यात भएको छ।

उक्त अवधिमा नेपालले ११ खर्बको व्यापारघाटा व्यहोरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad