अटो


२६ अर्बले घट्यो नेपालमा सवारीसाधन आयात

२६ अर्बले घट्यो नेपालमा सवारीसाधन आयात

नेपालखबर
साउन ११, २०७७ आइतबार १२:२६,

कोरोनाका कारण नेपालमा गत आर्थिक वर्षमा सवारीसाधनको आयातमा ह्वात्तै कमी आएको छ।

भन्सार विभागको ताजा तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ९१ अर्ब ३१ करोडको सवारीसाधन आयात भएकोमा २०७६/०७७ मा आवमा ६५ अर्ब २ करोडको मात्रै आयात भएको छ।

विगत पाँच वर्षको तथ्याङ्क हेर्दा सवारीसाधनको झण्डै दोब्बर पुगेको आयात ह्वात्तै घटेको हो। गत वर्षको आयात २०७२/०७३ को भन्दा पनि कम हो।

आर्थिक वर्ष २०७१/७२ देखि २०७५/०७६ सम्मको भन्सार विभागको तथ्याङ्कलाई हेर्दा ४९ अर्ब ५१ करोडबाट बढेर ९१ अर्ब १५ करोड रुपैयाँको आयात भएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०७२/०७३ मा ६६ अर्ब २० करोड ५० लाख आयात भएकोमा २०७३/०७४ कोमा ७९ अर्ब ५० करोड २२ लाख रहेको छ।

त्यस्तै २०७४/०७५ मा ८६ अर्ब ३१ करोड ५३ लाख रुपैयाँको आयात भएको छ भने आर्थिक वर्ष २०७५/०७६ मा ९१ अर्ब ३१ करोड ५३ लाख सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन्।

याे पनिः 
कोरोना महामारीले घटायो नेपालको वैदेशिक व्यापार, गत आवमा ११ खर्बको व्यापारघाटा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad