कारोबार


डिशहोममा डिलर दाइको डिस्काउन्ट : फेरि २ जनाले जिते १/१ लाख

डिशहोममा डिलर दाइको डिस्काउन्ट : फेरि २ जनाले जिते १/१ लाख

नेपालखबर
साउन ११, २०७७ आइतबार ७:५,

डिशहोममा डिलर दाइको डिस्काउन्ट योजनाअन्तर्गत लाइभ लक्की ड्रमार्फत फेरि २ जनाले नगद १/१ लाख रुपैयाँ जितेका छन्।

साउन २ गतेदेखि ८ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो।

कम्पनीका अनुसार हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं. १०० र १०१ तथा रमाइलो टिभीमा लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन्। योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख नगद प्राप्त गर्छन्।

योजनाअन्तर्गत यही ९ गते भएको लक्की ड्रमा डिशहोमको सेटअप बक्सको क्यास आईडी नं. ७१९०६३०६९१६ र ०२५१९२४९९०९ विजेता बन्न सफल भएको डिशहोमले जनाएको छ।

अब अर्को लक्की ड्र आउने १६ गते शुक्रबार साँझ ५ बजे डिशहोमका दुई च्यानल १०० र १०१ तथा रमाइलो टिभीमा हुनेछ। उक्त लक्की ड्रमा समावेश हुन बिहीबारसम्म फन्ड ट्रान्सफर सेवाबाट रिचार्ज गर्नुपर्नेछ।

साथै डिशहोमले अनलाइनमार्फत पनि ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकलाई साप्ताहिक लक्की ड्रमा समावेश गराउने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad