कारोबार


सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

नेपालखबर
साउन ७, २०७७ बुधबार ६:२०,

बुधबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ पुगेको हो।

आज एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ। मंगलबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी पनि आकाशिएको छ। चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको छ। मंगलबार चाँदी १ हजार ४० रुपैयाँमा प्रतितोला कारोबार भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad