राजनीति


गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिनुहोस् : नेपाल

गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिनुहोस् : नेपाल

नेपालखबर
साउन ७, २०७७ बुधबार ६:२९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ’ भन्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा फूट ल्याएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा एक विज्ञप्ति प्रकाशित गर्दै पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता नेपालले व्यक्तिवादी प्रवृत्तिले नै कम्युनिस्ट आन्दोलनलाई विभाजन बनाएको बताएका छन्।

नेता नेपालले कम्युनिस्ट आन्दोलन गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिदेखा पर्ने भन्दै उनले त्यस्ता प्रवृत्तिकाविरुद्ध दृढतापूर्वक उभिन नेता–कार्यकर्तालाई आग्रह गरेका हुन्।

‘अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ’, नेता नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखापर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ।’

नेता नेपालले कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन्।

उनले नेकपाका संस्थापक पुष्पलालको बाटोमा हिँडेकै कारण जनतालाई गोलबन्द गर्दै विसाल पार्टी निर्माण गर्न सकेको बताए।

उनले दुई ठूला पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर आफूँहरुले पुष्पलालको सपनालाई साकार मात्र पारेका नभइ नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा एक कदम अघि बढाउन ठोस् योगदान समेत गरेको उनको दावी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad