कारोबार


आईफोन एसई २०२० नेपाली बजारमा, यस्तो छ मूल्य

आईफोन एसई २०२० नेपाली बजारमा, यस्तो छ मूल्य

नेपालखबर
साउन ६, २०७७ मंगलबार १६:१५,

एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौैदेखि बजारमा एप्पलका असली उत्पादनहरु बिक्री गर्दै आएको छ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को एक मात्र वितरक जेननेक्स्टले आईफोन नेपालमा आईफोन एसई सार्वजनिक गरेको छ। यो ६४जीबी, १२८जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध रहेको छ। सबैभन्दा प्रत्याशित आईफोनहरु नेपाली बजारमा भित्रिएका छन् जसले स्मार्टफोन प्रेमीहरु माझ उत्साहपूर्ण प्रतिक्षा जगाएको छ।

ग्राहकहरुलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद, सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि अनुरोध गरिन्छ।

आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर, राइजिंग मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा) मोबाइल ट्रोन, फ्युचर टेक ट्रेडबाट मात्र खरिद गर्न र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न कम्पनीले आग्रह गरेको छ।

कम्पनीले एसई ६४ जीवीको मूल्य ७० हजार, १२८ जीवीको ७५ हजार र २५६ को ९६ हजार रहेको जनाएको छ।

कम्पनीका अनुसार ग्रे फोनहरु अवैध रुपमा देशमा आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुन्छन्। त्यस्ता फोनहरुको कुनै वारेण्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad