यस वर्षको मनसुन सुरु भएसँगै बाढी पहिरोले देशभर ठूलो मात्रामा जनधनको क्षति गरिरहेकाे छ।
पछिल्लोपटक आइतबारदेखि सक्रिय भएकाे मनसुन अझै केही दिन यस्तै रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
मनसुन सुरु भएपछि बाढी पहिरोका कारण ११४ जनाको ज्यान गइसकेको छ। ४६ जना अझै बेपत्ता छन् भने एक सयजति घाइते अवस्थामा छन्। अन्य कैयौं मानिस घरबारबिहीन भएका छन्।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो क्षति बितेका १० वर्ष यताकै उच्च हो। तर मनसुनको मुख्य जोखिम आउनै बाँकी छ।
साउन र भदौलाई पनि उतिकै जोखिमपूर्ण अवधि मानिन्छ।
यसवर्ष हिउँदबाटै पानी बढि परिरहेकाले पहिरोको अबस्था कहाली लाग्दो छ।
अब कस्तो बिपद आउला र विपद सामना गर्ने सरकारको तयारी के छ? यस्तो अवस्थामा स्थानीय समुदाय वा व्यक्ति आफै कसरी सुरक्षित रहने लगायतका विषयमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका भनाईः

प्रतिक्रिया