एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.ले आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कम्पनीले मंगलबार काठमाडौंको अग्रवाल भवन, कमलपोखरीमा साधारण सभा सम्पन्न गरेको हो।
सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए।
कम्पनीको २५ औं बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ। सभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने समेत निर्णय गरेको छ।

प्रतिक्रिया