कारोबार


ओपोद्वारा नेपालमा ए सिरिज अन्तर्गत ए३१ सार्वजनिक

ओपोद्वारा नेपालमा ए सिरिज अन्तर्गत ए३१ सार्वजनिक

नेपालखबर
साउन ५, २०७७ सोमबार १२:३१,

वैश्विकस्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपो, आफ्ना अत्याधुनिक नवप्रबर्तनका लागि उपभोक्ता माझ विशेष परिचित छ। यूवा पुस्तालाई विशेष ध्यानमा राखि तिनको दैनिकीमा सहजता प्रदान गर्ने सोचका साथ स्मार्टफोनका क्यामेरादेखि कार्य प्रदर्शनीमा ओपोले विशेष ध्यान दिने गरेको छ। आफ्ना प्राथमिकतालाई निरन्तरता दिँदै ओपोले नेपालमा ओपो ए३१ स्मार्टफोन सार्वजनिक गरेको छ।

ओपो ए३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक (कालो) गरी दूई आकर्षक रंगमा सार्वजनिक गरिएको छ। ७२०×१६०० पिक्सेल सहितको ६.५ ईञ्च वाटरड्रप डिस्प्ले र ८९ प्रतिशत स्क्रिन रेसियो सहितको यस फोनले उच्च गुणस्तरिय दृश्यानुभव प्रदान गर्छ। स्क्रिनको सुरक्षार्थ कम्पनीले ओपो ए३१मा गोरिल्ला ग्लास थ्रीको ब्यवस्थापनि गरेको छ। यसमा रहेको आई प्रोटेक्सन स्क्रिन फिल्टरले हानिकारक ब्ल्यू लाइटबाट प्रयोगकर्ताका आँखालाई सुरक्षा प्रदान गर्छ। एकै हातले फोनको सहज प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ यसको मोटाइ ८.३एमएम हुनेगरी डिजाइन गरिएको छ।

ओपो ए३१को पछिल्तिर तीन ओटा लेन्सको ब्यवस्था गरिएको छ। कम प्रकाश भएका स्थान पनि उत्कृष्ट तस्विर खिच्न सकियोस् भन्ने सोचका साथ फोनको प्रमुख क्यामेरामा १२एमपी सेन्सर र एफ÷१.८ एपर्चरको ब्यवस्था गरिएको छ। यसमा रहेको २एमपी माक्रो लेन्सले थप जुम गरी विहानीको शित, फूलेको फूल लगायत साना चिजको आकर्षक तथा ठूलो आकारमा तस्विर लिन सकिन्छ।

यी दूईका साथमा २एमपी डेफ्ट सेन्सरको पनि फोनमा उपलब्ध गरिएको छ। यसले सब्जेक्टलाई ब्याकग्राउण्डसँग छुट्याई पोट्रेट शट्समा उत्कृष्ट बोके उपलब्ध गराउन मद्दत गर्छ। यसमा रहेको ८एमपी एफ/२.० फ्रण्ट एआई ब्यूटिफिकेसन क्यामेराले अझ प्राकृतिक, सुन्दर सेल्फी खिच्न सघाउँछ।

सार्वजनिक ओपोको नयाँ ए सिरिजमा १ सय २८ जीबी रोम उपलब्ध गरिएको छ। साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सञ्चय क्षमतालाई २ सय ५६ जीबी सम्मको माइक्रोएसडी कार्डको प्रायेग गरी बढाउन पनि सक्छन्। यसले गर्दा प्रयोगकर्ताले सञ्चय क्षमताको चिन्ता नगरी चाहना अनुसार तस्विर खिच्ने, भिडियो डाउनलोड गर्ने संगीत सञ्चय गर्ने लगायत कार्य गर्न पाउँछन्।

ओपो ए३१लाई मिडियाटेकको शक्तिशाली १२ एनएम एमटी६७६५भी चिपसेटले सञ्चारित गर्छ। यसमा रहेको ४ जीबी -याम सहितको ओक्टाकोर प्रोशेसर उत्कृष्ट स्मार्टफोन कार्यक्षमता प्रदर्शन गर्न २.३ जीएचजेडको गति लिने क्षमता राख्छ। यसमा रहेको ४ हजार २ सय ३०एमएएच क्षमताको ब्याट्री एक पटक पूर्णरुपमा चार्ज गर्दा प्रयोगकर्ताले १४ घण्टा सम्मको अनलाईन भिडियो स्ट्रिमिङ वा ७ घण्टा सम्म निरन्तर अनलाईन गेम्स तथा १ सय १० घण्टा अडियो प्लेब्याकको मज्जा लिन सक्छन्। फोनमा फिंगरप्रिन्ट अनलकका साथै सुदृढ सेक्योरिटी अल्गोरिथमका साथमा फेसियल अनलकपनि उपलब्ध गरिएको छ।

निकै आकर्षक फिचर्स सुसज्जित स्मार्टफोन, ओपो ए३१को बजार मूल्य रु. २६ हजार ५ सय ९० निर्धारण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad