कारोबार


एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’ योजना

एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’ योजना

नेपालखबर
असार ३१, २०७७ बुधबार १७:१६,

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिनसक्छन् । प्रिपेड ग्राहकले यस अफरअन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्नेछन् ।

ग्राहकले ७ दिन समयसीमा रहेको ७ सय मिनेट अननेट टकटाइम करसहित मात्र ९५ रुपैयाँ ७७ पैसामा लिन सक्नेछन् । यो प्याकमा ग्राहकले प्रतिदिन ७ दिनसम्म १ सय मिनेट टकटाइम प्राप्त गर्नेछन् । त्यस्तै १५ दिनको प्याकमा ग्राहकले करसहित मात्र १९१ रुपैयाँ ५४ पैसामा १ हजार ८ सय ७५ मिनेट अननेट टकटाइमको पाउनेछन् । साथै १५ दिनसम्म प्रत्येक दिन १ सय २५ मिनेटको टकटाइमबाट फाइदा लिन सक्छन् ।

साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ । यस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र ३ सय ८१ रुपैयाँ ७९ पैसामा ४ हजार ५ सय मिनेट अननेट टकटाइम लिन सक्छन् । यसमा ग्राहकले हरेक दिन १ सय ५० मिनेट टकटाइम ३० दिनसम्म प्राप्त गर्दछन् । यो प्याक सुचारु गर्ने ग्राहकले मात्र ८ पैसा प्रतिमिनेटमा कुराकानी गर्न सक्छन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्छन् ।

ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी १७११८ मा एसएमएस पठाउनु पर्ने हुन्छ । त्यस्तै ग्राहकले १५ दिनको प्याकको लागि १२५ र ३० दिनको प्याकको लागि १५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।
‘इन्डलेस कुराकानी प्लस’ अफरको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका चिफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप भ्वाइस अफर ल्याउन पाएकोमा हामी निकै हर्षित छौं । यी आकर्षक भ्वाइस प्याकहरुले ग्राहकलाई आफ्ना परिवार, आफन्त र साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहन मद्दत गर्दै थप मूल्य प्रदान गर्ने विश्वास लिएका छौं ।”

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर ल्याइसकेको र साथै ‘वायरफ्री प्लस वाइफाइ’ सेवाको बुकिङ सुरु गरिसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad