सर्चजायन्ट कम्पनी गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।
गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले आगामी ५ देखि ७ वर्षसम्ममा उक्त लगानी गर्ने घोषणा गरेका हुन्।
‘भारतका लागि गुगल’ अनलाइन वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दैै उनले लगानीको घोषणा गरेको बीबीसीले जनाएको छ।
उक्त लगानी वस्तु र सेवा उत्पादनमा खर्च हुनेछ भने व्यवसायको डिजिटाइजेसन र प्रविधि प्रयोगमा खर्च हुनेछ ।
भारतले डिजिटल अर्थतन्त्रलाई जोड दिइरहेकाले गुगलले त्यसमा सहयोग गर्ने हेतुले लगानी घोषणा गरेको हो ।
भारतमा ५० करोड सक्रिय इन्टरनेट प्रयोगकर्ता छन् । यस अर्थमा भारत गुगलको ठूलो सम्भावनायुक्त बजार हो । घोषित लगानी रकम गुगल फर इन्डिया डिजिटाइजेसन फन्डबाट आउनेछ । उक्त फन्डले चार क्षेत्रलाई समेट्ने बताइएको छ।
3
Shares
प्रतिक्रिया