कारोबार


उद्योग महासंघले व्यवसायीलाई भन्यो– सक्नेले बैंकको ब्याज र किस्ता तिरौँ

उद्योग महासंघले व्यवसायीलाई भन्यो– सक्नेले बैंकको ब्याज र किस्ता तिरौँ

नेपालखबर
असार ३०, २०७७ मंगलबार ६:५२,

नेपाल उद्योग वाणिज्य महासंघले सबै सक्ने व्यवसायीलाई बैंकको ब्याज तिर्न अपिल गरेको छ। मंगलबार एक सूचना जारी गर्दै महासंघले नसक्नेको हकमा पहलकदमी लिने बताएको हो।

अहिले नै ब्याज र किस्ता तिर्न नसक्ने व्यवसायीलाई मर्का नपार्न सरकारसँग समयसीमा सार्ने पहल भइरहेको सूचनामा उल्लेख गरिएको छ।

‘हाल तिर्नसक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन अनुरोध गर्छौँ’, सूचनामा भनिएकाो छ, ‘तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्न आगामी मौद्रिक नीतिमा व्यवस्था गराउन सम्बन्धित निकायमा अनुरोध छ।’

महासंघ र नेपाल बैंकर्स संघका प्रतिनिधिहरुबीच प्रत्येक महिना बैठक बसी गुनासाउपर छलफल गरी समस्या समाधान निकाल्न कोशिस गर्ने तय भएकोले वाणिज्य बैंकहरुसँग लिएको कर्जा सम्बन्धमा कुनै गुनासो भए व्यवसयाी उद्योगी, विभिन्न कम्पनीहरुलाई महासंघसँग आग्रह गर्न समेत महासंघले भनेको छ।

mahasangh uddd

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad