राजनीति


हप्ता दिनपछि ओली–प्रचण्डबीच बल्ल वार्ता

हप्ता दिनपछि ओली–प्रचण्डबीच बल्ल वार्ता

नेपालखबर
असार ३०, २०७७ मंगलबार ७:१९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।

 गत बुधबारको छलफल तनावपूर्ण भएपछि संवादमा नरहेका ओली–प्रचण्डबीच एक हप्तापछि मंगलबार मध्यान्ह १२ बजेदेखि एक्ला–एक्लै छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

दुई अध्यक्षबीच सहमति कायम गर्न भन्दै असार २६ गतेको लागि तय गरिएको स्थायी समितिको बैठक स्थगित गरेर छलफलमा जुटे पनि सहमति जुटेको छैन। अघिल्लो साताको बुधबारको एक्ला एक्लै भेटमा ओलीले आफूलाई पार्टीबाट हटाउने निर्णय गर्न चुनौति दिएपछि यी दुईबीच संवाद भएको थिएन।

शनिबार चितवन गएका प्रचण्ड सोमबार काठमाडौं फर्किएका थिए।

चितवनमा रहँदा प्रचण्डले भारतले मिचेको नेपालको भूभाग समेटेर नयाँ नक्सा जारी गर्न पार्टीले दिएको निर्दैशन अनुसार भएको भन्दै राष्ट्रवादका नाममा सडकमा कार्यकर्ता उतारेकोमा प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि जनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad