समाज


रुखको हाँगाले लाग्दा मोटरसाइकल चालकको मृत्यु

रुखको हाँगाले लाग्दा मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
असार ३०, २०७७ मंगलबार ६:५२,

दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ।

बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ।

रा २ प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै गर्र्दा रुखको हाँगा भाँचिएर खस्दा टाउकामा चोट लाग्दा गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad