ad ad

कारोबार


विमानस्थल भन्सारका कर्मचारीले लिए गरगहना परीक्षण तालिम

विमानस्थल भन्सारका कर्मचारीले लिए गरगहना परीक्षण तालिम

नेपालखबर
असार २१, २०७७ आइतबार १५:४३,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण तालिम लिएका छन्।

विमानस्थल भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि दिइएको ५ दिने तालिम आइतबार समापन गरिएको छ।

समापन कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले नियामक निकायमा यस किसिमको गरगहना सम्बन्धी प्राविधिक तालिम पहिलो र ऐतिहासिक भएको बताउँदै देशभरीका सम्बन्धित कर्मचारीहरुलाई प्रशिक्षणको व्यवस्था गर्दै जान महासंघबाट सहयोग हुने अपेक्षा राखिएको बताए। प्रशिक्षार्थी कर्मचारीहरुबाट यस तालिमबाट प्राप्त भएको अनुभव सुन्न पाउँदा आफू खुशी भएको उनले बताए।

सो अवसरमा कार्यालय प्रमुख शम्भु प्रसाद मरासिनिले विज्ञहरुको कमिका कारणले भन्सार चेक जाँचमा जटिल समस्या आईरहेको बेला यस परीक्षण तालिमबाट समस्या समाधान हुने बताए।

समापन कार्यक्रमा प्रशिक्षार्थीहरुले तालिमबाट सुनचाँदी गरगहना परीक्षण सम्बन्धी ठूलो ज्ञान पाएको बताए।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले यस किसिमका तालिमहरुले निजी तथा सरकारी निकाय विच विश्वासको वातावरण सिर्जना हुने र निजी र सरकारी सहकार्यबाट नै राष्ट्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए। उनले नियामक निकायमा क्षेत्रगत विज्ञहरु भई दिएमा राजस्व अभिवृद्धि र निर्यात प्रवद्र्धनमा पनि अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .