ad ad

कारोबार


६०० नेपाली स्वदेश फर्किए

६०० नेपाली स्वदेश फर्किए

नेपालखबर
असार २१, २०७७ आइतबार १५:५८,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ।

नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौं ल्याएको छ। सोही एयरलाइन्स साउदी अरेबियाको दमाम, दुबई, बहराइनबाट नेपाल ल्याउन त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १४९ र दोहाबाट १५२ यात्रु ल्याएको छ। त्यस्तै जजीरा एयरले कुवेतबाट १६५ यात्रु ल्याएको छ। कुवेतबाट थप नेपाली ल्याउन हिमालयको जहाज त्यसतर्फ प्रस्थान गरेको छ।

सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका पाँच अन्तरराष्ट्रिय उडान हुनेछन्। दमाम, बहराइन, अबुधाबी र क्वालालम्पुरबाट नेपाली ल्याउने विमानस्थलको तालिका रहेको छ। आइतबार पनि विभिन्न मुलुकबाट एक हजारभन्दा बढी नेपाली फर्किएका थिए। आज आन्तरिकतर्फ पनि कैलाश हेलिकप्टरको विराटनगर र एयर डाइनेष्टीको सिन्धुली उडान भएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .