कारोबार


डिशहोमको अफरः हरेक हप्ता दुई जनालाई नगद १ लाख, आजको लक्की ड्रमा कसले जिते?

डिशहोमको अफरः हरेक हप्ता दुई जनालाई नगद १ लाख, आजको लक्की ड्रमा कसले जिते?

नेपालखबर
असार १९, २०७७ शुक्रबार १२:१७,

‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ योजनाअन्तर्गत लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन्।

यही असार १२ देखि १८गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको कम्पनीले जनाएको छ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं. १०० र १०१ तथा रमाइलो टिभीमा लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन्। योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्छन्।

योजनाअन्तर्गत शुक्रबारको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यासिड नं. ०२५५८१९७०६६ र ७१९०३७११४६४ विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ।

विजेताहरुलाई डिशहोमको तर्फबाट बधाईसहित आउने लाइभ लक्की ड्र यही असार २६ गते शुक्रबार साँझ ५ बजे शोकेस च्यानल नं. १०० र १०१ तथा रमाइलो टिभीमा हुनेछ। शुक्रबारदेखि यही असार २५ गते बिहीबारसम्म डिशहोमको आधिकारिक बिक्रेताहरुमार्फत फन्ड ट्रान्सफर सेवाबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई यही असार २६ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने जनाइएको छ।

फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad