खेल


मेस्सीले बार्सिलोना छाड्न लागेका हुन्?

मेस्सीले बार्सिलोना छाड्न लागेका हुन्?

नेपालखबर
असार १९, २०७७ शुक्रबार ११:५३,

लियोनल मेस्सीले बार्सिलोना छाड्न लागेको कुरा पुनः एकचोटी चर्चामा आएको छ।

विभिन्न सञ्चारमाध्यमका अनुसार आगामी सिजनको अन्त्यमा बार्सिलोनासँगको अहिलेको सम्झौता सकिएसँगै मेस्सीले आगामी सम्झौता नथप्ने भएका हुन।

मेस्सीको सम्झौतालाई लिएर अहिले उनको बुबा(मेस्सीका एजेन्टसमेत) र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुबीच कुराकानी चलिरहेको खबरहरु सार्वजनिक भएका छन।

बार्सिलोनाबाट आफ्ना व्यक्तिगत कुराहरु बाहिरिएको, पदाधिकारीहरुसँगको व्यवहार तथा ड्रेसिङ रुमको खराब माहौलका कारण मेस्सीले क्लब छाड्ने मनस्थिति बनाएको आकँलनहरु गरिएको छ। जब क्लब र उनका सहकर्मीले खराब प्रदर्शन गर्छन त्यसबेला आफूलाई दोष लगाइने अनुभव मेस्सीको छ।

आफूले क्लब छाड्ने विषयमा मेस्सीले आफ्ना निकटस्थसँग छलफल समेत गरेको सञ्चारमाध्यमले खबर सार्वजनिक गरेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad