राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्स नेपालद्वारा गरिएको रेटिङ्समा ए प्लस रेटिङ्स प्राप्त गरेको छ।
केयर रेटिङ्समा ए प्लस रेटिङ्सले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए।
राष्ट्रिय वाणिज्य बैंक गत आ.व. २०७५/०७६ मा सबैभन्दा बढी पाँच अर्ब चार करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको र आ.व. २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ।
हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ् रहेको छ।

प्रतिक्रिया