कारोबार


विदेशमा अलपत्र नेपाली लिएर त्रिभुवन विमानस्थलमा अवतरण हुँदैछन् ८ विमान

विदेशमा अलपत्र नेपाली लिएर त्रिभुवन विमानस्थलमा अवतरण हुँदैछन् ८ विमान

नेपालखबर
असार १३, २०७७ शनिबार ८:१४,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार ८ विमानले चार्टर्ड उडानमार्फत विदेशमा अलपत्र नेपालीलाई लिएर आउने जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ। ती उडानबाट कोभिड–१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन्।

विमानस्थलका अनुसार शनिबार (आज) नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार र जजिरा एयरले चार्टर्ड उडानमार्फत नेपाली ल्याउँदै छन्।

नेपाल एयरलाइन्स अष्ट्रेलिया, रियाद, दुबई र हङकङबाट फर्कंदै छन्।

त्यस्तै हिमालय एयरलइन्सले आबृुदाबी र दमामबाट नेपालीको उद्धार गर्दैछ भने कतार, जजिरा एयवेजले कुवेतबाट र कतार एयरवेजले दोहाबाट काठमाडौं उडान गर्दै छन्।

अन्तराष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबारदेखि दैनिक १० देखि १६ वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ। शुक्रबार मात्रै १६ अन्तर्राष्ट्रिय उडान भएको थियो। त्यसअघि असार ६, ७ र ८ गते समान १०, असार ९ र १० गते १४ र असार ११ गते १५ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। उल्लेखित उडान यात्रु चार्टर्ड तथा केही कार्गो उडान हुन्।

संंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निणर्य अनुसार जेठ ३२ देखि उद्धार उडान शुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad