कारोबार


एनआईसी एसिया बैंकद्वारा ३० लाख बीमादाबी रकम भुक्तानी

एनआईसी एसिया बैंकद्वारा ३० लाख बीमादाबी रकम भुक्तानी

नेपालखबर
असार १०, २०७७ बुधबार ८:५६,

एनआईसी एसिया बैंकले ल्याएको चामत्कारिक तथा सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमाबापत दुई ग्राहकलाई १५ लाख रुपैयाँ प्रतिव्यक्तिका दरले ३० लाख बीमा रकम भुक्तानी गरेको छ।

चामत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचारबापत र सुपर चामत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बूढानीलकण्ठ निवासी वसन्तराज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार बापत उक्त रकम भुक्तानी गरिएको हो।

सुपर चामत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध छ। श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ।

यो योजनामा उच्च ब्याजदर र अतुलनीय फाइदा रहेको छ। यो खातामा ग्राहकलाई भविष्यमा आइपर्नसक्ने भवितव्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न अतुलनीय बीमा सुविधा प्रदान गरिएको छ। यो योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्चबापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार)सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिन्छ।

बैंकले ०७५ चैत २०देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बचतमा नै बीमा सुविधा ग्राहकमाझ ल्याउँदै आएको छ।

बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक योजना अन्तर्गत खाता खोल्दा न्यूनतम रू.२० हजार देखि रू.१ लाख ६० हजारसम्मको फाइदा हुने चमत्कारिक फाइदा योजना ल्याएको छ। ग्राहकले यस खातामा प्राप्त रू.२१ लाखसम्मको बीमा छुट्टै किसिमले गर्नुपरेमा करिब रू.१४ हजार बराबर बीमा शुल्कबापत थप बुझाउनुपर्ने हुन्छ। जसकारण ग्राहकवर्गलाई करिब रू.१४ हजार प्रत्यक्ष फाइदा पुग्छ।

त्यस्तै कर्जा सम्बन्धीे चमत्कारिक सुविधाबाट रू.१ लाख १३ हजारसम्मको फाइदा लिन सक्नुहुनेछ भने नेपालभरका एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, निःशुल्क डेबिट÷क्रेडिट कार्ड, निःशुल्क मोबाइल÷इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क आईभीआर सेवा, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउट लगायत जम्मा सेवाको बजार मूल्य गणना गर्दा खातावालाले करिब रू.८७ हजार बराबरको फाइदा लिन सक्छन्।

बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १६० जनाभन्दा बढी ग्राहकले बीमाबापत १ करोड ३३ लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad