हालै लद्दाख नजिकको विवादित सीमा क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो।
सो झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो। झडप भएको एक हप्तापछि सेना प्रमुख नरवाणे लद्दाख पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ।
नरवाणेले बुधबार पूर्वी लद्दाखको भ्रमण गरेको र त्यहाँ सेनाले गरिरहेको लडाई तयारीबारे जानकारी लिएको समाचारमा जनाइएको छ।
मंगलबार नै नरवाणे लद्दाख पुगेका थिए। बुधबार उनको भ्रमण समाप्त हुँदैछ। गतहप्ता झडप भएको केही दिनमै नरवाणे जम्मु कस्मिर पुगेका थिए।
— ADG PI - INDIAN ARMY (@adgpi) June 24, 2020General MM Naravane #COAS visited forward areas in Eastern #Ladakh and reviewed operational situation on the ground. #COAS commended the troops for their high morale and exhorted them to continue working with zeal and enthusiasm.#NationFirst pic.twitter.com/gc0rmw69Fs
उनले लद्दाख नजिक र विवादित सीमा क्षेत्र नजिकपर्ने एयरबेसको भ्रमण गरेका थिए। उनको भ्रमण लगत्तै भारतीय सेनाले सीमा नजिकका एयरबेसमा युद्धक विमानहरु बढाएर तैनाथ गर्ने बताएको थियो।
भारतीय सैनिक स्रोतले सीमाका सेनालाई गम्भीर अवस्था निम्तिए बन्दुक चलाउने या नचलाउने भन्ने विषयमा आफैं निर्णय गर्न छुट समेत दिइएको जनाइएको छ।
तर यसै हप्ताको सोमबार भएको वार्तामा चीन र भारतीय पक्ष लद्दाख नजिकको विवादित क्षेत्रबाट सेना फर्काउन सहमत पनि भइसकेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया