समाज


टिपरले भाँचेको रुखको हाँगोले लागेर छहारीमा बसेकी महिलाको मृत्यु

टिपरले भाँचेको रुखको हाँगोले लागेर छहारीमा बसेकी महिलाको मृत्यु

नेपालखबर
असार ८, २०७७ सोमबार ५:४५,

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ६ नोकेल्वामा टिपरले भाँचेको रुखको हाँगाले लाग्दा एक महिलाको मृत्यु भएको छ। घटनामा अर्की एक महिला गम्भीर भएकी छिन्।

आइतवार साँझ ना ४ ख ५४४८ नम्बरको टिपरको हाइड्रोलिकले पिपलको हाँगो भाँच्दा चौतारीमा बसेकी सोही ठाउँकी ४५ वर्षीया कैलासिया देवीको घटनास्थलमै मृत्यु भएको सर्लाहीका एसपी विश्वमणी सुवेदीले जानकारी दिए।

घटनामा सोही ठाउँकी ४० वर्षीया प्रमिला देवी गम्भीर घाईते भएकी छिन्। उनलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

घटनापछि टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ। गिटी झारेपछि हाइड्रोलिकले टिपरको ढाला उठाउने क्रममा पिपलको हाँगो भाँचिएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad