कारोबार


सामसङ प्लाजाद्वारा नयाँ वेबसाइट सार्वजनिक

सामसङ प्लाजाद्वारा नयाँ वेबसाइट सार्वजनिक

नेपालखबर
असार ७, २०७७ आइतबार १५:२२,

सामसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले आफ्नो डिजिटल प्लेटफर्म विस्तारको रुपमा सामसङ प्लाजाका लागि नयाँ वेबसाइट सार्वजनिक गरेको छ।

यो नयाँ वेबसाइटमा सामसङका उत्पादनहरुको विशेषताहरु र मुल्यहरु राखिएको छ जसले ग्राहकहरुलाई आवश्यक उत्पादनहरु कार्टमा राखेर खरिद गर्न सक्ने सुविधा प्रदान गर्दछ।

लकडाउनको बीचमा सामसङ प्लाजाको नयाँ वेबसाइट आफ्नो घरको सुरक्षित वातावरणमा बसेर सामसङका उत्पादनहरु खरिद गर्न इच्छुक ग्राहकहरुका लागि समाधानको रुपमा आएको छ। यसका साथै उनीहरुले सर्भिससँग सम्बन्धित जिज्ञासाहरु पनि राख्न सक्दछन्।

सामसङ प्लाजामा विभिन्न मूल्य दायराका सामसङका उत्पादनहरु  एलईडी टिभी, रेफ्रजिरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र मोबाइल फोनहरु रहेका छन्। सामसङ प्लाजा नेपालका विभिन्न स्थाहरुमा अवस्थित छन्।

हिम इलेक्ट्रोनिक्स प्रा.लि. की निर्देशक सीमा गोल्छाले भनिन्, ‘बजारमा हाम्रो उपस्थीतिलाई अझ बलियो बनाउन र स्ट्रिमलाइन पहिचानका साथ आउदो वर्षहरुमा फस्टाउँदै जान अर्को कदमको रुपमा हामीले नयाँ वेबसाइट सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं। हाम्रो हालै शुरुवात गरिएको वेबसाइटमार्फत ग्राहकहरुलाई आफ्नै घरको सुविधा र सुरक्षामा रहेर सामसङ उत्पादनहरु खरिदको नयाँ अनुभव प्रदान गर्दै उनीहरुको सेवाका लागि तत्पर छौं।’

थप जानकारीका लागि लिंकमा (क्लिक गर्नुहोस्)  हेर्न कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad