ad ad

कारोबार


२२८ नेपालीलाई लिएर आएको कोरियन एयरले २३३ जना लिएर फर्कियो

२२८ नेपालीलाई लिएर आएको कोरियन एयरले २३३ जना लिएर फर्कियो

नेपालखबर
असार ६, २०७७ शनिबार ९:४९,

कोरियन एयरले दक्षिण कोरियामा अलपत्र परेका २२८ जना नेपालीहरुलाई काठमाडौं ल्याइपुर्‍याएको छ।

नेपालबाट ईपीएस पास गरेर कोरिया जाने तयारीमा रहेका कामदार लिन आएको कोरियन एयरले त्यहाँ अलपत्र परेका नेपाली शनिबार काठमाडौँ ल्याइपुर्‍याएको हो।

उक्त विमानले २३३ जना नेपाली कामदार लिएर कोरिया फर्किएको छ।

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाल आउन लागेको कोरियन एयरमार्फत अप्ठ्यारोमा परेका नेपाली ल्याउने व्यवस्था गरेको बताए।

यसअघि एनआरएनए कोरियाले उद्धार उडानको प्रयास गरे पनि नेपाल वायुसेवा निगमले कोरियामा अनुमति पाएको थिएन।

कोरोना संक्रमणको कारण उत्पन्न असहज परिस्थितिमा नेपाल जानैपर्ने अवस्थामा कोरयामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि नेपाल सरकारले २०७७ जेठ ११ गतेदखि नै सूचना फारम सार्वजनिक गरी विवरण संकलन गरेको थियो।

अहिले कोरियास्थित नेपाली दूतावासमा ११ सय जनाभन्दा बढी नेपालीहरु विविध समस्यामा रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .