कारोबार


पाँचवटा जहाजमा ६ सय ५० नेपाली स्वदेश फर्किँदै, कतार एयरवेजले ल्यायो २० शव

पाँचवटा जहाजमा ६ सय ५० नेपाली स्वदेश फर्किँदै, कतार एयरवेजले ल्यायो २० शव

नेपालखबर
असार ५, २०७७ शुक्रबार ७:४३,

शुक्रबार पाँचवटा जहाजमार्फत करिब ६ सय ५० नेपाली स्वदेश फर्किने भएका छन्। बिहान नेपाल वायुसेवा निगम, हिमालय, जजिरा र कतार एयरवेजले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई ल्याएका छन्।

नेपाल वायुुसेवा निगमले युएईबाट १ सय ४६ जना ल्याएको छ। बिहीबार युएई गएको जहाज नेपाली लिएर शुक्रबार बिहान काठमार्डौं आइपुगेको हो।

त्यस्तै, कुवेतबाट जजिरा एयरले १ सय ४७ नेपाली लिएर काठमाडौं आएको छ भने कतार एयरवेजले २० वटा शव र ४३ नेपाली कतारबाट ल्याएको छ।

जजिराको जहाज कुवेत सरकार र कतार एयरवेज कतार सरकारको खर्चमै नेपाल आएका हुन्।

हिमालयको ए ३२० जहाज माल्दिभ्स गएको छ। उसले करिब १५० जना लिएर आउनेछ।

त्यस्तै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज जापानको नारिता जाँदै छ भने न्यारोबडी कुवेत जानलागेको निगमले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad