ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ। विदेशमा कोभिड– १९ बाट प्रभावित नेपालीलाई सम्बन्धित देश तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरी आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देशका राजदूतावासबाट आवश्यक कार्य अघि बढि नेपाल फर्किने काम प्रारम्भ भएको कम्पनीले जनाएको छ।
कोरोना भाइरस (कोभिड– १९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट ब्यबस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा सलाम एयरले नेपालीहरुका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको जनाएको छ।
सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ। नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षका हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए।
कम्पनीका अनुसार ओमानको पहिलो बजेट क्यारिअरका रुपमा सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले आफ्नो गरिमालाई उच्च बनाउँदै व्यवसायिक क्षमतामा वृद्धि गरेको छ। दिनानुदिन विभिन्न गन्तब्य थपिनुले पनि यस कुरालाई पुष्टि गर्दछ। ओमान मै ए३२० एनईओ भित्र्याउने पहिलो हवाई सेवा प्रदायकका रुपमा रहेको सलाम एयरले यसै वर्ष ६ वटा थप र २०२० सम्ममा २० वटा जहाज पु-याउने लक्ष्य लिएको छ। हालसम्ममा २० वटा गन्तब्य रहेको यस एयरलाइन्सले निकट भविष्यमा नै आफ्ना थप गन्तब्यको घोषणा समेत गर्दैछ।
सुरक्षा नीतिलाई शून्य सहनसिलताका रुपमा लिँदै यात्रुहरुको सन्तुष्टिलाई आफ्नो व्यवसायिक धर्मका रुपमा लिइएको छ। ओमानको राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने हेतुले आर्थिक अभिवृद्धि, रोजगारी सृजना र पर्यटन विकासका लागि आफूलाई सेतुको रुपमा उभ्याउन सफल भएको छ।

प्रतिक्रिया