कारोबार


जुन ४ मा रद्द भएको हङकङ उडान आज हुँदै

जुन ४ मा रद्द भएको हङकङ उडान आज हुँदै

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ९:२९,

जुन ४ मा रद्द भएको उडान आज (जुन १४मा) हङकङ उडान हुने भएको छ। हङकङको आइडी भएका नेपालीहरु साँझ ७ बजे फर्किन पाउने भएका हुन्।

नेपाल वायुसेवा निगमले पहिला रद्द भएको उडान आज हुनलागेको जानकारी दिएको छ। निगमको ३२० न्यारोबडी जहाज ट्राभल एजेन्सी हार्भेस्ट मुनले चार्टड उडान गर्न लागेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त जहाजमा बच्चासहित १६८ जना रहेका छन्। जहाज हिजो शनिबार नै हङकङ जाने तयारीमा रहे पनि हङकङमा ताईफुन आउने जानकारी भएपछि रद्द भएको थियो।

यसअघि जुन ४ मा हङकङ सरकारले उडान अनुमति नदिँदा रद्द भएको थियो। जुन २ तारिखमा तीन जहाजमार्फत करिब ५८० जना फर्किएका थिए ।

चैतमा लकडाउनपछि नेपालमै अड्किएका उनीहरु हङकङमा शैक्षिक संस्था तथा व्यापार व्यवसाय खुलेकाले मंहगो मूल्यमा जहाज चार्टड गरी जान लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad