बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको अध्यक्ष र सञ्चालक नियुक्त भएका छन्।
कम्पनीको ५९औं सञ्चालक समितिको बैठकले महेश मिश्रलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो।
साथै उक्त बैठकबाट कम्पनीको सञ्चालकमा चन्द्रराज शर्मालाई नियुक्त गरिएको छ।
शर्मा बैंक अफ काठमाण्डूको तर्फबाट क्यापिटलको सञ्चालकमा नियुक्त भएका हुन्।
प्रतिक्रिया