कारोबार


मूल्य नराखी सामान बेच्ने पसललाई ६० हजार जरिवाना

मूल्य नराखी सामान बेच्ने पसललाई ६० हजार जरिवाना

नेपालखबर
जेठ १८, २०७७ आइतबार १४:४५,

कारकादोस्थित न्यु गौरीशंकर ट्रेडर्सलाई मूल्य नराखी सामान बेचेको पाइएपछि रु ६० हजार जरिवाना गरिएको छ।

वाणिज्य कार्यालयको अगुवाइमा आज गरिएको बजार अनुगमनका क्रममा अनुगमन टोलीका सदस्य वसन्त गौतमले उक्त पसललाई जरिवाना गर्नाका साथै मूल्यसूची राखेर मात्र सामान बिक्री गर्न निर्देशन दिइएको बताए।

यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले लकडाउनको पालना भएनभएको स्थलगत अनुगमन गरेका छन्।

प्रजिअको टोलीले आज नेपालगञ्ज र खजुरामा लकडाउन पालनाको अनुगमन गरेको हो। अनुगमनका क्रममा प्रजिअ कुरुवाङ्गले चोकचोकमा खटिएका सुरक्षाकर्मीलाई सवारी जाँचमा कडाइ गर्न निर्देशन दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .