ad ad

कारोबार


यसकारण विद्युतीय गाडीमा भन्सार दर बढाएँः अर्थमन्त्री खतिवडा

यसकारण विद्युतीय गाडीमा भन्सार दर बढाएँः अर्थमन्त्री खतिवडा

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार ११:४,

पेट्राेलिम पदार्थकाे खपत कम गर्न र विदुतीय उपकरणको खपत बढाउन आग्रह गर्दै आएको सरकारले आगामी आर्थिक वर्षको बजेटमा भने विद्युतीय सवारी साधनमा भन्सार दर बढाएको छ।

विद्युतीय उपभोगको सामाग्रीको खपत बढाउने उद्देश्यले सरकारले विगतमा विद्युतीय सवारीलाई न्यून कर लगाएको थियो। तर पेट्रोलबाट चल्ने गाडी र पेट्रोलियम पदार्थको खपत दुवै जोडेर हुने खर्चभन्दा बढी रकमका विदुतीय सवारी साधन भित्रिएपछि भन्सार दर बढाइएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

‘हामीले छुट दिँदा सबै वर्ग लाभान्वित हुने किसिमबाट दिने हो, विगतमा प्रयोग गरिएको विवेक काम नलागेपछि केही भन्सार बढाइएको हो’ उनले भने।

सार्वजनिक विद्युतीय गाडीमा अहिले पनि १० प्रतिशत मात्रै भन्सार दर रहेको र त्यसलाई प्रोत्साहन नै गरेको उनको भनाई छ।
यो पनिः नेपालमा विद्युतीय गाडीमाथि सरकारकै ‘अघोषित’ प्रतिबन्ध

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .