आज साउन १ गते सुनचाँदीकै मूल्यमा गिरावट आएको छ।
सुनको भाउ आज तोलामा ३ हजार १ सय रुपैयाँ घटेर २ लाख ८२ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बुधबार र बिहीबार सुनको भाउ बढेको थियो।
सुनको भाउ हिजो तोलामा ४ सय रुपैयाँ बढेर २ लाख ८५ हजार २ सय पुगेको थियो।
सोमबार र मंगलबार चार हजार घटेको सुनको भाउ बुधबार तोलामा ८ सय रुपैयाँ बढेको थियो।
त्यसैगरी चाँदीको भाउ पनि आज घटेको छ। तोलामा १ सय २५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार २ सयमा झरेको हो।
बिहीबार तोलामा ९० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ३ सय २५ रुपैयाँमा झरेको थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
Shares

प्रतिक्रिया