कारोबार


संखुवासभा पुगेर भारतका ऊर्जासचिवले गरे अरुण तेस्रो आयोजना निरीक्षण

संखुवासभा पुगेर भारतका ऊर्जासचिवले गरे अरुण तेस्रो आयोजना निरीक्षण

नेपालखबर
साउन १, २०८३ शुक्रबार ११:१, काठमाडौँ

भारत सरकारका उच्च अधिकारीले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।

भारत सरकारका ऊर्जासचिव पङ्कज अग्रवाल नेतृत्वको टोलीले बिहीबार एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको आयोजनाको स्थलगत निरीक्षण गरेको हो।

चिचिला गाउँपालिकाको पुखुवास्थित भूमिगत विद्युत्‌गृह तथा मकालु गाउँपालिकाको फ्याक्सिन्दास्थित बाँध क्षेत्रको निरीक्षण गरेको छ।

निरीक्षणका क्रममा आयोजनाको सिभिल तथा इलेक्ट्रो-मेकानिकल संरचना, बाँध, इन्टेक प्रणाली तथा अन्य पूर्वाधार निर्माणको प्रगति, कार्यान्वयन अवस्था र आगामी कार्ययोजनाबारे जानकारी लिइएको थियो।

निरीक्षणपछि आयोजित समीक्षात्मक बैठकमा सचिव अग्रवालले दुर्गम हिमाली क्षेत्रमा निर्माण भइरहेको आयोजनाले उल्लेखनीय प्रगति हासिल गरेकामा प्रसन्नता व्यक्त गरे।

उनले निर्माणकार्यमा गुणस्तर कायम गर्न, सुरक्षा मापदण्ड र वातावरणीय दिगोपनलाई प्राथमिकतामा राख्दै निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

भ्रमणमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतको केन्द्रीय विद्युत् प्राधिकरणका अध्यक्ष घनश्याम प्रसाद, भारत सरकारको ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव दिवाकरनाथ मिश्र, सहसचिव पङ्कज कुमार, एसजेभीएनका निर्देशक (आयोजना) राजेशकुमार चान्देल तथा भारतीय दूतावास र ऊर्जा मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पंकज चौधरीले आयोजनाअन्तर्गत सञ्चालित निर्माण प्याकेज, पुनर्स्थापना तथा पुनर्वास कार्यक्रम, सामुदायिक विकासका गतिविधि र वातावरणीय व्यवस्थापनका विषयमा प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad