कारोबार


चार विद्यालयलाई एनआईसी एसियाको सहयोग

चार विद्यालयलाई एनआईसी एसियाको सहयोग

नेपालखबर
असार १९, २०८३ शुक्रबार १४:५६, काठमाडौँ

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाका ४ विद्यालयलाई सहयोग गरेको छ। 

डडेल्धुराको नवदुर्गा गाउँपालिका–१, असुर्पामा रहेको भुवनेश्वरी माध्यमिक विद्यालय, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँमा रहेको यमुनानन्द नमुना माध्यमिक विद्यालय, अछामको मंगलसेन नगरपालिका वडा नम्बर ९, ओलीगाउँमा रहेको मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र मंगलसेन नगर १४, कालागाउँको अन्नपूर्ण माध्यमिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर सहयोग उपलब्ध गराएको हो। 

बैंकले भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका १५३ भन्दा धेरै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा सहयोग होस् भन्ने हेतुले २ वटा प्रोजेक्टर प्रदान गरेको छ । 

गत १७ गते एक कार्यक्रमका बीच बैंकका डडेल्धुरा शाखा प्रमुख पदम राज भट्टले उक्त विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद भट्टलाई उक्त प्रोजेक्टरहरु प्रदान गरेको बैंकले जनाएको छ। 

त्यसैगरी, १ हजार ८७ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बैंकले प्रिन्टर उपलब्ध गराएको छ। १८ गते एक कार्यक्रमका बीच बैंकका रुकुम पश्चिम शाखा प्रमुख ओमकार घर्ती मगरले उक्त विद्यालयका प्रधानाध्यापक कमल प्रसाद देवकोटालाई उक्त प्रिन्टर प्रदान गरे।

त्यसैगरी, गुणस्तरीय शिक्षा र प्रविधि पहुँचमा सहयोग पुर्‍याउन भन्दै बैंकले मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई २ थान ल्यापटप, ४ थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको छ।

१८ गते एक कार्यक्रमका बीच ४८३ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयका लागि यस बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्र बहादुर थापाले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर रावल र सोही विद्यालयका प्रधानाध्यापक तेज बहादुर रावललाई उक्त ल्यापटप, डेस्कटप कम्प्युटर र प्रिन्टर प्रदान गरे। 

यसैगरी, सोही दिन एक कार्यक्रमका बीच बैंकले ४०५ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको मंगलसेन नगरपालिका, वडा नम्बर १४ कालागाउँ, अछामस्थित अन्नपूर्ण माध्यमिक विद्यालयलाई यस बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्र बहादुर थापाले उक्त विद्यालयका प्रधानाध्यापक छत्र विक्रम रावललाई २ थान ल्यापटप, ४ थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरे।       

बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शिक्षासँगै प्रविधि पहुँच र प्रशासनिक काममा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad