कारोबार


हिरो मोटोकर्प नेपालको ‘द फर्स्ट २१० एक्सपिरियन्स’ कार्यक्रम

हिरो मोटोकर्प नेपालको ‘द फर्स्ट २१० एक्सपिरियन्स’ कार्यक्रम

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १२:११, काठमाडौँ

नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता सीजी मोटर्स प्रालिले सीजी मोटर्स-हिरोले भक्तपुरको सल्लाघारी मैदानमा सर्वोत्कृष्ट र बहुप्रतीक्षित हिरो एक्सपल्स २१० मा केन्द्रित एक विशेष प्रयोगात्मक कार्यक्रम ‘द फर्स्ट २१० एक्सपिरियन्स’ आयोजना गरेको छ।

शनिबार बिहान ९:०० बजेदेखि सुरु भएको यस कार्यक्रममा रोमाञ्चक अफ-रोड अनुभवका लागि एड्भेन्चर प्रेमी, राइडरहरू, सञ्चारकर्मी तथा कन्टेन्ट क्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममार्फत नेपालका मोटरसाइकल प्रेमीहरूले सल्लाघारीस्थित 'एक्सट्र्याक्स'को विशेष रूपमा डिजाइन गरिएको ट्र्याकमा पहिलो पटक हिरो एक्सपल्स २१० को अनुभव लिने अवसर पाएका थिए। 

सहभागीहरूले चुनौतीपूर्ण अफ-रोड परिस्थितिहरूमा यस मोटरसाइकलको परिमार्जित कार्यक्षमता, उत्कृष्ट सस्पेन्सन र एड्भेन्चर-अनुकूल क्षमताहरूको स्थलगत परीक्षण गरेका थिए।

यस अवसरमा बोल्दै सिजी मोटर्स-हिरोले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय राइडिङ अनुभव र एड्भेन्चर-केन्द्रित उत्पादनहरू उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको व्यक्त गरेको छ। परम्परागत सडकहरूभन्दा बाहिर निस्केर बहुमुखी प्रतिभा, उच्च कार्यक्षमता र अन्वेषण चाहने राइडरहरूको बदलिँदो आवश्यकतालाई पुरा गर्न हिरो एक्सपल्स २१० को विकास गरिएको कम्पनीले बताएको छ।

‘द फर्स्ट २१० एक्सपिरियन्स’मार्फत सिजी मोटर्स-हिरोले नयाँ क्षेत्रहरू पहिल्याउन र एड्भेन्चरको भावनालाई आत्मसात् गर्न चाहने राइडरहरूका लागि एक्सपल्स ब्रान्ड नै पहिलो रोजाइको एड्भेन्चर मोटरसाइकल हो भन्ने कुरालाई पुनः पुष्टि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad