कारोबार


ह्वाट्सएपजस्तै एप बनाइरहेका छौँ, एकदमै सुरक्षित छ : अर्थमन्त्री वाग्ले

ह्वाट्सएपजस्तै एप बनाइरहेका छौँ, एकदमै सुरक्षित छ : अर्थमन्त्री वाग्ले

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १६:५६, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाइरहेको बताएका छन्। आज (शुक्रबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो एप एकदमै सुरक्षित रहेका दाबीसमेत गरेका हुन्।

आफूले सो एप हेर्न पाएको भन्दै त्यसमा गरिने संवाद विदेशी सर्भरमा गएर नबस्ने भएकाले सुरक्षित रहेको उनले बताए। सो एपमा डकुमेन्ट पनि सेयर गर्न सकिने उनको भनाइ छ।

मन्त्री वाग्लेले प्रधानमन्त्रीको कार्यालयमा आईटी विभाग मर्ज हुने र त्यहाँ दर्जनौँ आईटी विज्ञ युवा बसेर सरकारका सम्पूर्ण सफ्टवेयर र हार्डवेयर आफैँ बनाउने बताए। त्यसबाट दसौँ अब बचत गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad