काठमाडौंको माछापोखरीमा रहेको डिओदय बहुउद्धेसीय सहकारी संस्थामा बिहीबार चोरी भएको छ।
सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ र आधा तोलाको सुनको औँठी समेत गरी करिब १५ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ।
3
Shares
प्रतिक्रिया