आगामी आर्थिक वर्षदेखि धितोपत्र बजारमा सूचीकृत भएका र नयाँ हुनसक्ने केही सेवामूलक र उत्पादनमूलक उद्योगलाई करछुटको लागि सिफारिस भएको छ।
सरकारी संयन्त्रको उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवद्र्धन उपसमिति अर्थ मन्त्रालयलाई सिफारिस गरेको हो।
उपसमितिले सिफारिस गरेका उद्योगहरुमा उत्पादनमूलक, पर्यटन सेवा, जलविद्युत् उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने सेवा, टेक्नोलोजी पार्क, बायोटिक पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सफ्टवेयर विकास, तथ्यांक प्रशोधन, साइबर क्याफे, डिजिटल म्यापिङ्गसम्बन्धी उद्योग छन्।
यी उद्योगको आयमा लाग्ने करको १५ प्रतिशत छुट दिइने उल्लेख छ। यस प्रकारका उद्योग जुन पहिलेदेखि सूचीकृत रहेका र आगामी दिनमा सूचीकृत हुनसक्ने दुवैलाई करछुट दिन सकिने उल्लेख छ।

प्रतिक्रिया