सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ६ महिनाभित्र मोडालिटी तयार गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजगढ विमानस्थल निर्माण गरिने बताएका हुन्।
त्यस्तै, सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न १ अर्ब ५३ करोड विनियोजन गरेको छ।
खानीसम्बन्धी लाइसेन्सको पुनरावलोकन गरिने भएको छ। नयाँ खानीको अन्वेषणको क्रममा फेज–२ सम्मको अध्ययनका लागि आवश्यक जिओलोजिक ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गरिने भएको छ।
खानी क्षेत्र, ठूला उद्योग र पाँच मेगावाट भन्दा बढी खपत गर्ने नीति क्षेत्र विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवम् प्रशारण लाइन निर्माण गरिने भएको छ। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खानी पहुँच सडकलाई विशेष मापदण्डसहित डिजाइन, निर्माण र मर्मत गर्न ५० करोड विनियोजन गरिएको छ।
खनीज तथा निर्माणजन्य सामाग्री उत्खनन, उत्पादन, आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनीज प्राधिकरण स्थापना गरिनेछ।
Shares

प्रतिक्रिया