नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा तीन जना र कोषाध्यक्षमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, सुरकृष्ण वैद्य र हेमराज ढकालले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ।
महासंघको ६०औँ वार्षिक साधारणसभा एवं निर्वाचन गत वैशाख २२ गते सम्पन्न भएको थियो। महासंघको विधान २०४९ (सातौँ संशोधन)ले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन कार्यकारिणी समितिबाट हुने व्यवस्था गरेको छ।
उक्त व्यवस्था अनुसार उपाध्यक्ष र कोषाध्यक्षका लागि एकभन्दा बढी मनोनयन परेको छ। कार्यकारिणी समिति सदस्यको मतका आधारमा एक/एक जना वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा निर्वाचित हुनेछन्।
विगतजस्तो यो पटक वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुनेछैनन्।
Shares

प्रतिक्रिया