कारोबार


नेपाल इन्भेष्टमेन्ट मेगाका सीईओ पाण्डे नियमित काममा फर्किए

नेपाल इन्भेष्टमेन्ट मेगाका सीईओ पाण्डे नियमित काममा फर्किए

नेपालखबर
जेठ ६, २०८३ बुधबार १२:१४, काठमाडौँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे नियमित काममा फर्किएका छन्। 

स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले सशर्त रिहा गर्ने आदेश दिएको थियो। 

‘अदालतको आदेशपश्चात् यस बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बैंकको नियमित कार्य सुचारु गर्नुभएको जानकारी गराउँछौँ’, बैंकले भनेको छ। 

गत वैशाख २९ गते पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। सोसँगै उनकी पत्नी निरु दाहालले वैशाख ३० मै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन्। 

सोही रिटमा न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले विदेश जान अदालतको अनुमति चाहिने गरी जेठ १ गते रिहा गर्न आदेश दिएको थियो। 

सोसँगै उनी थुनामुक्त भएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad