सुनको मूल्य आज पनि बढेको छ।
हिजो तोलामा ८ सय बढेको सुनको भाउ आज ५ सय रुपैयाँ बढेर २ लाख ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गएको शुक्रबार र आइतबार दुई दिनमा सुनको भाउ तोलामा ८५ सय रुपैयाँ घटेको थियो।
हिजो सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय थियो।
आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ४५ रुपैयाँ बढेर चाँदीको मूल्य आज ५ हजार ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
Shares

प्रतिक्रिया